स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना इबरसँग बराबरीमा रोकियो

१५ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना इबरसँग बराबरीमा रोकिएको छ ।
गएराति सम्पन्न खेलमा बार्सिलोना र इबरले १–१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाको घरेलु मैदानमा इबरले किके गार्सियाको गोलसँगै ५७औं मिनेटमा अग्रता बनाएको थियो ।
तर १० मिनेटपछि नै बार्सिलोनाका ओउस्माने डेम्बेलेले गोल गर्दै खेल ११ को बराबरी गरे । त्यसपछि खेलमा थप गोल हुने सकेन ।
लियोनल मेस्सी भने चोटका कारण मैदानमा ओर्लेका थिएनन् । बराबरी पश्चात बार्सिलोना १६ खेलबाट २५ अंक जोड्दै छैठौं स्थानमा झरेको छ भने इबर पन्ध्रौ स्थानमा उक्लिएको छ ।
ला लिगाकै अर्को खेलमा सेभियाले भिल्लारियालमाथि २–० तथा लेभान्टेले रियल बेटिसमाथि ४–३ को जित निकाले ।
उता काडिस र रेलिगेनशन जोनको रियल भालाडोलिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया