आर्थिक

सुनको भाउ तोलामा ८ सय घट्यो, प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ पुष १४ गते १२:४८
सुनको भाउ तोलामा ८ सय घट्यो, प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोवार

१४ पुस २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ ।

प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *