अर्को वर्ष हुने साफ च्याम्पियनसिप फूटबलको मिति तय

१४ पुस २०७७ काठमाडौं । अर्को वर्ष हुने साफ च्याम्पियनसिप फूटबलको मिति तय भएको छ ।
दक्षिण एसियाली फूटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फूटबलको मिति तय गरेको हो ।
दक्षिण एसियाली फूटबलको सबैभन्दा ठुलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ गतसम्म हुने तय भएको हो । प्रतियोगिता बंगलादेशमा हुने तय छ ।
पूर्व तालिकाअनुसार साफ यसै वर्ष हुनुपर्ने थियो । तर, कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ । यस्तै, बैठकले साफका उमेर समूहका प्रतियोगिताको मिति समेत टुङ्गो लागेको छ ।
निर्णयअनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ ।
त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएको छ । यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया