खेलकूद

प्रधानमन्त्री कप महिला क्रिकेटमा आजदेखि समूह बी को खेल शुरु

हिमालय टिभी
२०७७ पुष १४ गते ७:३३
प्रधानमन्त्री कप महिला क्रिकेटमा आजदेखि समूह बी को खेल शुरु

१४ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा आजदेखि समूह बी का खेल शुरु हुँदैछन् ।

दाङको लमहीमा हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । देउखुरी मैदानमा हुने खेल विहान साढे ९ बजेपछि शुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ भिड्दै छन् । दोस्रो खेल दिउँसो सवा १ बजेदेखि शुरु हुनेछ ।

यसअघि समूह ए बाट विभागीय टोली एपीएफ क्लब समूह विजेता र लुम्बिनी प्रदेश उपविजेताका रुपमा सेमिफाइनल पुगेका छन् । दुई समूहमा विभाजित प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल पुष १९ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्