खेलकूद

प्रिमियर लीगमा साविक विजेता लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो

हिमालय टिभी
२०७७ पुष १३ गते ७:३६
प्रिमियर लीगमा साविक विजेता लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो

१३ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेशनमा रहेको वेष्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले १२औं मिनेटमै साडियो मानेको गोलसँगै अग्रता लियो । ८२औं मिनेटमा वेष्ट ब्रोमका सेमी अजायीले गोल गर्दै खेल १–१ को बराबरी गरे । त्यसपछि खेलमा थप गोल हुने हुन सकेन ।

१५ खेलबाट लिभरपुल ३२ अंकका साथ शीर्ष स्थानमा कायमै छ । उता वेष्ट ब्रोम भने समान १५ खेलबाट मात्र ८ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

लीगकै अर्को खेलमा लिड्स युनाइटेडले बर्नलीमाथि १–० को जित निकाल्यो । घरेलु मैदानमा लिड्सको जितमा पेट्रिक बामफोर्डले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पाँचौ मिनेटमै पेनाल्टीमार्फत गोल गरेका थिए ।

लिड्स तालिकाको १२औं स्थानमा रहँदा बर्नली १७ औं स्थानमा छ । लीग अन्तर्गत नै गएराति वेष्ट ह्याम र ब्राइटनले २–२ तथा टोटेनह्याम र उल्फ्सले ११ गोलको बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्