खेलकूद
प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै
२०७७ पुष १३ गते ७:३०

१३ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट ट्वेन्टी ट्वेन्टी प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।
दाङको लमहीमा हुने आजको पहिलो खेलमा कर्णाली प्रदेश र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । शुरुवाती दुई खेल हारेका कर्णाली र प्रदेश २ समूह चरणबाटै बाहिरिएका टोली छन् ।
समूह ए अन्तर्गत यी दुईबीच हुने आजको प्रतिष्ठाको लडाई मात्र हुनेछ । देउखुरी मैदानमा हुने खेल विहान साढे ९ बजेपछि शुरु हुनेछ ।
यस्तै आजै हुने अर्को खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ आमनेसामने हुनेछन् । समूह ए बाट दुबै टोलीले सेमिफाइनलमा स्थान पक्का पारिसकेका छन् ।
आजको खेलले समूह विजेता र उप विजेताको निर्धारण हुनेछ । खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।
प्रतिक्रिया