नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

Himalaya Television
२०७७ पुष १३ गते ६:२९

नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

१३ पुस २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।

यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs