अन्तर्वार्ता

चिनियाँ टोली किन नेपाल आयो ? यस्तो छ परराष्ट्रविद्को विश्लेषण (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १२ गते २०:३६
चिनियाँ टोली किन नेपाल आयो ? यस्तो छ परराष्ट्रविद्को विश्लेषण (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं। झन्डै दुई तिहाई मत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शक्ति संघर्षकै कारण विभाजित हुन पुग्यो । यो बीचमा नेकपा फुटाउन विभिन्न देशी विदेशी शक्तिले चलखेल गरे भन्ने खबर पनि बाहरियो ।

नेपालस्थित चिनियाँ राजदूत त नेकपा नफुटोस् भनेर हरेक नेताका घरसम्म पुगको खबर पनि आयो । तर नेकपा विभाजित हुनबाट चीनले पनि रोक्न सकेन ।

नेकपा दुई चिरामा विभाजित भएका बेला चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली नेपाल आएको छ ।

नेपालको राजनीति निकै पचिलो अवस्थामा पुगेका बेला चिनियाँ पक्षबाट भएको यो भ्रमणलाई कसरी हेर्ने रु सहकर्मी सृजना घिमिरेले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग चिनियाँ टोलीको भ्रमणकै सेरोफेरोमा रहेर केही प्रश्न सोधेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्