खेलकूद

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीको लगातार दोस्रो जित

हिमालय टिभी
२०७७ पुष १२ गते १५:४०
प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीको लगातार दोस्रो जित

१२ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।

उद्घाटन खेलमा प्रदेश २ माथि नौ विकेटको जित हात पारेको लुम्बिनीले आज कर्णाली प्रदेशलाई नौ विकेटले नै हरायो ।

लमहीमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले १३ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर ३४ रन बनाएको थियो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङमा लुम्बिनीले ११ अतिरिक्त रन दिएको थियो । बलिङतर्फ नेरी थापाले दुई विकेट लिइन् भने सरिता जिसी र गिता गोसाईले एक(एक विकेट लिए । ३५ रनको लक्ष्य लुम्बिनीले १९ बलमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

ब्याटिङमा कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपनि कर्णालीले २० रन अतिरिक्त दिएको थियो ।

जितसँगै लुम्बिनीले दुई खेलबाट चार अंक बनाएको छ । अहिले एपीएफ र प्रदेश २ बीच प्रतिष्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्