खेलकूद

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ पुष १२ गते ७:५१
प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै

१२ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

दाङको लमहीमा हुने आजको पहिलो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आज लुम्बिनी लगातार दोस्रो खेल जित्ने दाउमा रहनेछ भने कर्णाली प्रदेश पहिलो जितको खोजिमा हुनेछ ।

हिजोदेखि शुरु प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हराएको थियो ।

उता कर्णाली भने एपीएफसँग २ सय ४ रनले पराजित भएको थियो । खेल विहान साढे ९ बजेपछि शुरु हुनेछ ।

यस्तै आजै दिउँसो हुने अर्को खेलमा एपीएफ र प्रदेश नम्बर २ आमनेसामने हुनेछन् । आज एपीएफ लगातार दोस्रो जितको खोजिमा हुँदा प्रदेश २ को लक्ष्य भने पहिलो जित निकाल्ने हुनेछ ।

एपीएफले पहिलो खेलमा कर्णालीमाथि २ सय ४ रनको शानदार जित निकाल्दा प्रदेश २ लुम्बिनीसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्