खेलकूद

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीको विजयी शुरुवात

हिमालय टिभी
२०७७ पुष ११ गते १३:५५
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीको विजयी शुरुवात

११ पुस २०२२ दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ ।

दाङमा आजदेखि शुरु प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुईलाई ९ विकेटले हराएको हो । ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो ।

लुम्बिनीकी गीता घोषले अविजित २३ रन बनाइन् । त्यस्तै कप्तान नेरी थापा १५ रनमा नटआउट रहँदा सरस्वती गंगा मगर २२ मा आउट भइन् । बलिङमा प्रदेश २ की कविता गौतमले एक विकेट लिइन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश दुईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन बनाएको थियो । उसका लागि अनुराधा चौधरी र सना प्रविनले समान २१(२१ रन बनाए ।

त्यस्तै विमला मगर १० रनमा आउट भइन् । बलिङमा लुम्बिनीकी सुस्मिता भूषालले तीन विकेट लिइन । प्रतियोगितामा आजै अर्को खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता संचालन गरिएको छ ।

समूह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश तथा समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेका छन् । लीगमा समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिता पुष १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्