विदेश

विश्वभर कोरोनाका कारण संक्रमित हुनेको सङ्ख्या ८ करोड नाघ्यो

हिमालय टिभी
२०७७ पुष ११ गते ९:४६
विश्वभर कोरोनाका कारण संक्रमित हुनेको सङ्ख्या ८ करोड नाघ्यो

११ पुस २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको सङ्ख्या ८ करोड नाघेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ४ लाख ७० हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण संंक्रमित हुनेको सङ्ख्या ८ करोड १ लाख ९३ हजार १ सय ९६ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ८ हजार ३ स य ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ लाख ५६ हजार ९ सय ३५ पुगेको छ ।

हाल कोरोनाका कारण विश्वभर सक्रिय संक्रमितको सङ्ख्या २ करोड १९ लाख ७६ हजार ८ सय ३६ रहेको छ ।

यस्तै हालसम्म कोरोनाका कारण विश्वभर संक्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ५ करोड ६४ लाख ५९ हजार ४ सय २५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *