खेलकूद

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७७ पुष ११ गते ७:५१
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजदेखि शुरु हुँदै

११ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

दाङको लमहीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु हुन लागेको हो । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ ।

२० ओभरको हुने लुम्बिनी र प्रदेश २ बीचको खेल बिहान ९ बजे हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान( को आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका आठ टोली सहभागी छन् ।

प्रतियोगितामा सात प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफ सहभागी छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश र समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेका छन् ।

लीग पछि प्रत्येक समूहबाट शीर्ष दुई(दुई टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल पुष १९ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्