समाज

जनकपुरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

हिमालय टिभी
२०७७ पुष १० गते १७:२२
जनकपुरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

१० पुस २०७७ जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रहरीको हस्तक्षेपका बावजुद पनि जसपाका नेता कार्यकर्ताहरु जनकपुरधामको मुख्य चोकहरु जनकचोक, शिवचोक र भानुचोमा ओली र भण्डारीको पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहन गर्न खोज्दा प्रहरीसँग घम्साघम्सीसमेत भएको छ । जसपाबाट प्रदेश सांसद परमेश्वर साहसहित जिल्ला नेताहरुको अगुवाईमा नेताहरुले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको र त्यसमा राष्ट्रपति मतियार बनेको आरोप लगाएका छन् ।

जसपाको पुत्ला दहन कार्यक्रम पूर्वनिधारित रहेकाले जनकपुरधामका चोकहरुमा व्यापक सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *