खेलकूद

ओली समूहबाट कन्द्रीय सदस्यमा मनोनित प्रसाई भन्छन्– पार्टीभित्र खेलकूदको मुद्दा उठाउँछु

हिमालय टिभी
२०७७ पुष १० गते १६:४९
ओली समूहबाट कन्द्रीय सदस्यमा मनोनित प्रसाई भन्छन्– पार्टीभित्र खेलकूदको मुद्दा उठाउँछु

१० पुस २०७७ काठमाडौं । नेपाल कराते महासंघका महासचिव तथा हालै नेकपाको ओली पक्षबाट केन्द्रीय सदस्यमा मनोनित ओम कृष्ण प्रसाईले पार्टीमा खेलकूदसम्बन्धी मुद्दालाई मुख्य रुपमा उठाउने बताउनु भएको छ ।

पछिल्लोपटक ओली समूहले मनोनयन गरेको केन्द्रीय समितिमा खेलकूदबाट प्रसाईँसहित राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको नाम पनि छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकूद विभाग प्रमुख काठमाडौं जिल्ला क्षेत्र नं २ क का इन्चार्ज प्रसाईँकै नेतृत्वमा अघिल्लो स्थानीयका साथै प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा प्रदेश बाग्मतीका सभामुखले भारी मतले विजय हासिल गरेका थिए ।

प्रसाईँ खेलकूद, राजनीतिलगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहनु भएको छ । उहाँलाई खेलकूद क्षेत्रमा बौद्धिक ब्यक्तित्वका रुपमा पनि चिनिन्छ ।

नेकपाको केन्द्रीय सदस्य भएसँगै विभिन्न संचारमाध्यमसँग कुरा गर्दै उहाँले अबको कार्यक्रम भनेको पार्टीलाई संगठित र व्यवस्थित गर्दै मुख्य मुद्दाका रुपमा युवा तथा खेलकूद र सामाजिक सुरक्षालाई ध्यान दिने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्