ला लिगामा रियल मड्रिड, रियल बेटिस र अलाभेस विजयी
![ला लिगामा रियल मड्रिड, रियल बेटिस र अलाभेस विजयी](https://www.himalayatv.com/wp-content/uploads/2020/12/Atletico-Madrid.jpg)
९ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड, रियल बेटिस र अलाभेस विजयी भएका छन् ।
ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले ग्रानाडालाई २–० गोलले हरायो । घरेलु मैदानमा रियलको जितमा कासिमिरो र करिम बेञ्जिमाले एक(एक गोल गरेका थिए ।
जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । १३ खेलबाट एट्लेटिकोको ३२ अंक हुँदा रियलले १५ खेल खेल्दै समान ३२ अंक जोडेको छ । उता पराजित टोली ग्रानाडा सातौं स्थानमा कायमै छ ।
ला लिगाकै अर्को खेलमा रियल बेटिसले काडिजलाई १–० ले हरायो । जितसँगै १५ खेलबाट १९ अंकका साथ बेटिस नवौं स्थानमा उक्लिंदा काडिज एघारौं स्थानमा झरेको छ ।
यस्तै अलाभेसले इबरमाथि २–१ गोलको जित निकाल्दा गेटाफे र सेल्टा डि भिगो ११ गोलको बराबरीमा रोकिए ।
प्रतिक्रिया