आर्थिक

नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ८ गते २०:३९
नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोरोना महामारीका कारण प्रभावित भएपछि ढिलो गरी शुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको नागढुंगा – सिस्नेखोला सुरुङ खन्ने काम १४ महिना पछि शुरु भएको छ । गतवर्ष कात्तिक १४ गते शिलान्यास भएपनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोभिडका कारण निर्माण उपकरण बेलैमा आयातमा नहुँदा काम ढिलो शुरु भएको हो ।

काम ढिलो शुरु भए पनि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने काम यसअघि नै पुरा भइसकेको छ । यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झण्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ ।

जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ । २ दशमलव ६८ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग सन २०२२ को अन्त्य सम्ममा सक्ने लक्ष्य छ । सुरुङ मार्ग भित्र ३ दशमलव ५ मिटर चौडाईका दुई लेन हुनेछन् । यस्तै अत्यावश्यक उद्धारका लागि समेत छुट्टै एक्सिस रोड पनि बन्नेछ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ साल माघ देखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो । यही सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण कार्य शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *