आर्थिक

गौतमबुद्ध विमानस्थल निर्माणमा एडीबीले १७ अबै ऋण सहयोग दिने

हिमालय टिभी
२०७७ पुष ८ गते १९:०१
गौतमबुद्ध विमानस्थल निर्माणमा एडीबीले १७ अबै ऋण सहयोग दिने

८ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंकले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माणका लागि साढे १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ ।

बैंक र अर्थ मन्त्रालय बीच ऋण सहयोग बारे सम्झौता भएको हो । यो रकम दोस्रो टर्मिनल भवन निर्माण, समानान्तर ट्याक्सी वे र हृयांगर निर्माणमा खर्च हुनेछ ।

यसबाहेक बैंकले नदी र बाढीजन्य प्रकोप नियन्त्रण परियोजनाका लागि समेत पौने ५ अर्ब ऋण दिने भएको छ ।

यसबाट बाढी नियन्त्रण र बाढीको पूर्वसूचना दिने संयन्त्रका लागि आवश्यक संरचना निर्माण र क्षति नियन्त्रणमा खर्च हुनेछ । सम्झौतामा तीन महिना भित्रमा कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *