खेलकूद

पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजन डिश मिडियाले गर्ने

हिमालय टिभी
२०७७ पुष ८ गते १८:०६
पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजन डिश मिडियाले गर्ने

८ पुस २०७७ काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्‍चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७६ को मुख्य सह–प्रायोजन डिश मिडिया नेटवर्क लिमिटेडले गर्ने भएको छ ।

आयोजक नेपाल खेलकूद पत्रकार मञ्चले आज डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजकका लागि सम्झौता गरेको छ । सम्झौता पत्रमा मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गर्नु भएको छ ।

मुख्य सह–प्रायोजन गरेबापत डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरी ११ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ । सम्झौतापछि डिश मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।

मञ्चले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलकूद चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोट्र्स अवाड’को १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुँदैछ ।

अवार्डअन्तर्गत मन्चले गत साता पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फूटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ । मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्