खेलकूद

म्यानचेष्टर सिटी र ब्रेन्टफोर्ड काराबाओ कपको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७७ पुष ८ गते ८:१०
म्यानचेष्टर सिटी र ब्रेन्टफोर्ड काराबाओ कपको सेमिफाइनल प्रवेश

८ पुस २०७७ काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी र ब्रेन्टफोर्ड काराबाओ कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अन्तिम चारमा स्थान पक्का पार्ने क्रममा गएराति सिटीले आर्सनलमाथि ४–१ को जित निकाल्यो । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले तेस्रो मिनेटमै गेब्रियल जिससको गोलसँगै अग्रता बनाएको थियो ।

तर आर्सनलका लागि ३१ औं मिनेटमा एलेक्सान्डर लाकाजेटीले गोल गर्दै खेल १–१ को बराबरी गरे । तर त्यसपछि भने सिटीले लगातार तीन गोल गरेको थियो । उसका लागि ५४ औं मिनेटमा रियाद महरेज, ५९ औं मिनेटमा फिल फोडेन र ७३ औं मिनेटमा एमेरिक लापोर्टे गोल थपेका थिए ।

यस्तै अर्को खेलमा न्यूक्यासल युनाइटेडलाई १–० ले स्तब्ध बनाउँदै ब्रेन्टफोर्डले पहिलो पटक काराबाओ कपको सेमिफाइनलमा स्थान बनायो ।

ब्रेन्टफोर्डका लागि ६६ औं मिनेटमा जोश डासिल्भाले गरेको गोल नै निर्णायक रह्यो । जितसँगै क्लब इतिहासमै ब्रेन्टफोर्ड पहिलो पटक कुनै प्रमुख प्रतिस्पर्धाको सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्