खेलकूद

स्पेनिस ला लिगामा मड्रिड, बार्सिलोना र सेभिया विजयी

हिमालय टिभी
२०७७ पुष ८ गते ७:५१
स्पेनिस ला लिगामा मड्रिड, बार्सिलोना र सेभिया विजयी

८ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड, बार्सिलोना र सेभिया विजयी भएका छन् ।

ला लिगा अन्तर्गत शीर्ष स्थानको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-० ले हरायो । अवे मैदानमा एट्लेटिकोको जितमा मारियो हेरमोसो र मार्कोस लोरेन्टोले एक(एक गोल गरेका थिए । शीर्ष स्थानमा कायमै रहेको एट्लेटिकोले १३ खेलबाट ३२ अंक जोडेको छ ।

ला लिगाकै अर्को खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ३–० गोलको शानदार जित निकाल्यो । रियलको घरेलु मैदानमा बार्सिलोनाका लागि क्लिमेन्ट लेङ्गेट, मार्टिन ब्रेथवेट र लियोनल मेस्सीले गोल गरे ।

लेङ्गेटले खेलको २१औं, ब्रेथवेटले ३५औं र मेस्सीले ६५ औं मिनेटमा गोल गरेका थिए । बार्सिलोना १४ खेलबाट २४ अंकसहित पाँचौ स्थानमा छ । एक गोल गरेका मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । ३३ वर्षीय मेस्सीले बार्सिलोनाका तर्फबाट ६ सय ४४ गोल गर्दै कीर्तिमान बनाए ।

यसअघि ब्राजिलका महान फूटबलर पेलेले एकै क्लबबाट सर्वाधिक ६ सय ४३ गोल गरेका थिए । पेलेले सान्तोस क्लबका लागि १९ सय ५६ र १९ सय ७४ को बीचमा १९ सिजनमा ६ सय ४३ गोल गर्न सफल बनेका थिए ।

यस्तै अर्को खेलमा सेभियाले भ्यालेन्सियालाई १–० ले हराउँदा इल्ची र ओसासुना २–२ गोलको बराबरीमा रोकिए ।

त्यस्तै भिल्लारियाल र एट्लेटिको बिल्बाओ तथा ह्यूस्का र लेभान्टेले समान ११ गोलको बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्