अन्तर्वार्ता

बादल पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिन सक्दैनः बादल पक्षीय नेता आलेमगर (भिडियो)

हिमालय टिभी
२०७७ पुष ७ गते १३:५४
बादल पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिन सक्दैनः बादल पक्षीय नेता आलेमगर (भिडियो)

७ पुस २०७७ काठमाडौं । सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल पक्षीय नेता सुरेश आले मगरले बादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नसक्ने स्पष्ट पार्नु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै नेता मगरले प्रधानमन्त्रीले असंवैधानिक र अलोक्तान्त्रिक कदम चालेकले बादलले उहाँलाई साथ दिन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्रीले गलत कदम चालेकाले बादलले प्रधानमन्त्री ओलीलाई साथ दिएमा आफूहरुले बादललाई साथ दिन नसक्ने नेता मगरको भनाइ छ ।

नेकपा संसदीय दलका नेता देव गुरुङ, स्थायी कमिटी सदस्य पम्फा भुसालसहित नेताहरु हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकाश सुवेदी, मायाप्रसाद शर्मा, युवराज भट्टराई, महेश्वर दाहाल, सावित्रीकुमार काफ्ले, दिलीप प्रजापति लगायत बादल पक्षीय नेता मानिनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्