खेलकूद
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजय यात्रा कायमै
२०७७ पुष ५ गते ८:४९

५ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले विजयी यात्रा जारी राखेको छ ।
ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिकोले इल्चमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा लुइस स्वारेजले दुई र डिएगो कोष्टाले एक गोल गरेका थिए ।
स्वारेजले ४१औं र ५८औं मिनेटमा गरी दुई तथा कोष्टाले ८०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । इल्चका लागि लुकास बोयले ६४औं मिनेटमा गोल गरे । जितसँगै एट्लेटिकोको १२ खेलबाट २९ अंक बनाएको छ ।
ला लिगाकै अन्य खेलमा भिल्लारियालले ओसासुनालाई ३–१ र लेभान्टेले रियल सोसिडाडलाई २१ ले हराए । उता बार्सिलोना र भ्यालेन्सिया २–२ तथा सेभिया र रियल भालाडोलिडले एकएक गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया