खेलकूद

इंग्लिस प्रिमियर लीगमा लिभरपुल, एभर्टन र म्यानचेष्टर सिटी विजयी

हिमालय टिभी
२०७७ पुष ५ गते ८:०३
इंग्लिस प्रिमियर लीगमा लिभरपुल, एभर्टन र म्यानचेष्टर सिटी विजयी

५ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल, एभर्टन र म्यानचेष्टर सिटी विजयी भएका छन् ।

शीर्ष स्थानको लिभरपुलले क्रिष्टल प्यालेसमाथि ७–० गोलको शानदार जित निकाल्यो । अवे मैदानमा लिभरपुलको जितमा रोबर्टो फिरमिनो र मोहमेद सलाहले दुईदुई तथा टाकुनी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले एकएक गोल गरेका थिए ।

जितसँगै १४ खेलबाट ३१ अंकसहित साविक विजेता लिभरपुल शीर्ष स्थानमा कायमै छ । लीग अन्तर्गत नै एभर्टनले आर्सनलमाथि २–१ गोलको जित निकाल्यो । घरेलु मैदानमा एभर्टनको जितमा रोब होल्डिङ र एरी मिनाले गोल गरेका थिए । आर्सनलका लागि निकोलस पेपेले सान्त्वना गोल फर्काए ।

जितसँगै १४ खेलबाट २६ अंक जोड्दै एभर्टन दोस्रो स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा म्यानचेष्टर सिटीले साउथह्याम्टनलाई १–० गोलले पराजित गर्योद ।

अवे मैदानमा सिटीका लागि १६औं मिनेटमा रहिम स्टरलिङ्ले गरेको गोल नै निर्णायक रह्यो । जितपछि सिटी तालिकाको छैठौं स्थानमा उक्लिएको छ । सिटीले १३ खेलबाट २३ अंक जोडेको छ ।

उता हारसँगै साउथह्याम्टन पाँचौ स्थानमा झरेको छ । साउथह्याम्टनको १४ खेलबाट २४ अंक छ । लीग अन्तर्गत नै न्यूक्यासल युनाइटेड र फूलह्याम १–१ गोलको बराबरीमा रोकिएका छन् ।

बराबरीका बावजूद न्यूक्यासल १२औं स्थानमा पुग्दा फूलह्याम रेलिगेशन क्षेत्रबाट एक स्थानमा माथि पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्