खेलकूद

युईएफएद्वारा सन् २०२१ मा हुने १७ वर्ष मुनिको फूटबल प्रतियोगिता रद्द

हिमालय टिभी
२०७७ पुष ४ गते ९:१६
युईएफएद्वारा सन् २०२१ मा हुने १७ वर्ष मुनिको फूटबल प्रतियोगिता रद्द

४ पुस २०७७ काठमाडौं । युरोपेली फूटबल महासंघ (युईएफए)ले सन् २०२१ मा हुने उमेर समूहअन्तर्गत १७ वर्ष मुनिको फूटबल प्रतियोगिता रद्द गरेको छ ।

कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने १७ वर्ष मुनिको महिला र पुरुष युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय गरेको हो ।

दुवै प्रतियोगिता तालिकाअनुसार आगामी वर्ष मे महिनामा हुने तय थियो । युईएफएको कार्यकारी समितिले वार्षिक क्यालेन्डर अनुसार १९ वर्ष मुनिको च्याम्पियनसिप भने निर्धारित समयमै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्