खेलकूद

पूर्वकप्तान पारस खड्का अबुधाबीमा हुने टी–१० लीगमा पुनः अनुबन्धित

हिमालय टिभी
२०७७ पुष ४ गते ८:००
पूर्वकप्तान पारस खड्का अबुधाबीमा हुने टी–१० लीगमा पुनः अनुबन्धित

४ पुस २०७७ काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लीगमा फेरि अनुबन्ध भएका छन् ।

पूर्वकप्तान पारस खड्कालाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले नियुक्त गरेको हो ।

अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लीग खेलेका उनी यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टरका नियुक्त भएका हुन् ।

यस सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टोलीमा रहने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्