राजनीति

प्रचण्ड-नेपालको ओलीलाई चेतावनी –अध्यादेश फिर्ता नलिए थप एक्सन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते २०:४५
प्रचण्ड-नेपालको ओलीलाई चेतावनी –अध्यादेश फिर्ता नलिए थप एक्सन (भिडियोसहित)

३ पुस २०७७ काठमाडौं । आफ्नै पार्टीभित्र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट अपमानित बन्दै गएको महशुस गरेको प्रचण्ड– नेपाल पक्षले पार्टी एकता जोगाउन भन्दै विभिन्न भेलाहरुको आयोजना गरिरहेको छ ।

केही समयअघि काठमाडौंकै एक क्याम्पसमा युवा विद्यार्थीहरुको भेला गरेको यो समूहले शुक्रबार प्रदेश १ का अध्यक्ष र सचिव र अन्य नेताहरुसँग छलफल गरेका छन् । भेलामा पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास गर्ने निश्कर्ष निकालेका उनीहरुले ओली प्रवृत्तिविरुद्ध लड्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पेरिसडाँडा भेलालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीबाट पटकपटक धोका भएको बताउनुभयो । नेताहरुका अनुसार ओलीको विचारमा गम्भीर विचलन आयो । जसले गर्दा पार्टी र सिंगो देश नै दुर्घट्ना उन्मुख भयो ।

प्रचण्ड–नेपाल पक्षका अनुसार पार्टी एकताका काम बाँकी नै रहेको अवस्थामा ओलीबाट पार्टी फुटाउने खेल भइरहेको छ । आफैं मात्र सर्वैसर्वा हो भन्ने ओलीलाई लागेको छ । त्यसैले ओलीका यस्ता फुट परस्त कार्यशैलीप्रति निर्मम भएर लाग्ने उनीहरुको रणनीति छ ।

नेताहरुका कुरा सुनेपछि ओलीविरुद्ध भेलाका सहभागीले आक्रोश पोखे । ओलीका काम कारवाहीलाई गलत र विधि विधान विपरीत करार गरे । र, पार्टीको विधि विधान मान्न ओलीलाई बाध्य पार्ने अठोट समेत गरे ।

राष्ट्रपतिलाई प्रयोग गरेर प्रधानमन्त्रीले विरोधी तह लगाउन गरिरहेका हतकण्डालाई प्रचण्ड–नेपाल पक्षले राम्ररी बुझेको छ । आफूलाई जोगाउन ओलीले कुनै किसिमको कदम चाल्न सक्नेमा उनीहरु स्पष्ट छन् । किनकी ओली पार्टी एकता राखिराख्न नचाहेको उनीहरुको दावी छ । त्यसैले पेरिसडाँडा भेलाले ओलीविरुद्ध लड्ने निष्कर्ष निकालेको छ ।

फूटकै संघारमा रहेको नेकपा बचाउन भन्दै नेताहरु गुटगत भेलामा क्रियाशील छन् । पुस ५ गते स्थायी कमिटी बैठक बस्ने कार्यतातलिका रहँदा ओलीविरुद्ध रणनीति बनाउन नेताहरु लागिपरेका यि भेलाले प्रष्ट हुन्छ । एकपछि अर्को विवादित काम गरेर पार्टीं पङ्क्तिलाई चिड्याउने काम गरिरहेका ओलीका लागि प्रचण्ड नेपाल पक्षको यो दौडधुपले केही हदसम्म झट्का भने पक्कै दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्