आर्थिक

सरकारले तोकेको मूल्यमा धान विक्री भएपछि किसान लाभान्वित (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते १९:२३
सरकारले तोकेको मूल्यमा धान विक्री भएपछि किसान लाभान्वित (भिडियोसहित)

३ पुस २०७७ बाँके । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले तोकेको मुल्यमा धान किनेपछि बाँके बर्दियाका किसान लाभान्वित भएका छन् ।

नेपाल सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ मुल्य तोकेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोही मुल्यमा धान किनेको छ ।

जुन बजार भाउभन्दा प्रतिक्विन्टनल ५ सय रुपैयाँसम्म महँगो हो । कम्पनीमा धान बेच्दा धेरै पैसा आउने भएपछि यो वर्ष अधिकांश किसान धानका बोरा भरिएका ट्रयाक्टरसहित खाद्य कम्पनीको डिपोहरुमा पुग्ने गरेका छन ।

कम्पनीले नेपालगन्जमा ४० हजार र बर्दियामा ५० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । जसमध्ये नेपालगन्जमा करिब १६ हजार क्वीन्टल धान खरिद भईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *