विदेश

पानी–जिन्दगानीः पानीका आठ रोचक तथ्यहरु

हिमालय टिभी
२०७७ पुष ३ गते १८:३७
पानी–जिन्दगानीः पानीका आठ रोचक तथ्यहरु

पानीसँग जीवन जोडिएको छ । पानी नहुँदो हो त पृथ्वीमा जीवको कल्पना नै गर्न सकिने थिएन । यहाँ हामीले पानीका केही तथ्यहरु जानकारी गराउँदैछौं, जुन तपाईलाई थाहा नहुन पनि सक्छ ।
१. पृथ्वीमा पानीको मात्रा घटेको छैन । पृथ्बी बन्दा जति मात्रामा पानि थियो, त्यति नै पानी अहिले पनि छ । यसको अर्थ कुनै बेला डाइनोसरले पिउने पानी अहिले हामी प्रयोग गरिरहेका छौं ।

२. पानी दुईवटा तत्वबाट बनेको छ । हाइड्रोजनको दुईवटा अणु र अक्सिजनको एउटा अणु मिलेर पानीको अणु बन्दछ ।

३. पृथ्वीको कुल पानीको ९७ प्रतिशत पानी नुनिलो छ, जुन पिउन लायक छैन । अरु दुई प्रतिश हिउँ बनेर जमेको छ, त्यो पनि पिउन लायक छैन । पृथ्वीमा रहेको कुल पानीको एक प्रतिशत पानी सात अर्व ८० करोड जनसंख्याले प्रयोग गर्छन ।
४. पानीले पृथ्वीको तापक्रम नियन्त्रण गरिरहेको छ । पानीका कारण पृथ्वीमा अत्याधिक तातो वा अत्याधिक चिसो हुँदैन । यदी पानी नहुनेथियो भने पृथ्वीको तापक्रम अर्कै हुनेथियो ।

५. मानव मस्तिस्कको कुल अंशको ७५ प्रतिशत अंश पानी छ । ७५ प्रतिशत बनस्पती पानीले बनेको छ ।

६. सामान्य मानिस खानाविना एक महिना जिवित रहन सक्छ तर, पानीविना बढीमा एक हप्तामात्र जिवित रहन सक्छ ।

७. पानीलाई युनिभर्सल सल्भ्यान्ट अर्थात विश्वव्यापी विलायक भनिन्छ । पानीले अरु तरल पद्धार्थ भन्दा कयौं गुणाबढी तत्वहरुलाई घुलाउन क्षमता राख्दछ ।
८. ४ डिग्रि सेल्सियसमा पानीको वजन सबैभन्दा बढी हुन्छ । शून्य डिग्रिमा पुग्दा पानी नौ प्रतिशत विस्तारित हुन्छ । त्यसैले बरफ पानीमाथि तैरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *