३ पुस २०७७ काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ ।
काठमाडौँमा आईएमई ग्रुपका अध्यक्षसमेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण शुरु गर्नु भएको हो ।
प्रति परिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भए पनि कम गर्न कोषले पहल गरेको बताउनुभयो ।
आइएमईले २०७६ साल पुस १६ गतेदेखि २०७७ असोज ३० गतेसम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो ।
जस अनुसार ८१ वटा आवेदन परेको थियो । अबको एक महिनाभित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरि सक्ने आइएमई ग्रुपले बताएको छ ।