खेलकूद

पाकिस्तानविरुद्धको पहिलो टि–२० मा न्यूजिल्याण्ड पाँच विकेटले विजयी

हिमालय टिभी
२०७७ पुष ३ गते १७:५६
पाकिस्तानविरुद्धको पहिलो टि–२० मा न्यूजिल्याण्ड पाँच विकेटले विजयी

३ पुस २०७७ काठमाडौं । पाकिस्तानविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी खेलको सिरिज अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ ।

अकल्याण्डमा भएको पहिलो खेलमा घरेलु टोलीले पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्यो ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । खराब शुरुवात गरेको पाकिस्तानका लागि शदाब खानले सर्वाधिक ४२ रनको योगदान दिए । ३९ रन बनाउँदा पाकिस्तानले पाँच विकेट गुमाएको थियो । फाहिम अश्रफले १८ बलमा ३१ रन बनाएपछि पाकिस्तानले सम्मानजनक स्कोर बनाएको थियो ।

पाहुना टोलीलाई कम स्कोरमा रोक्नका लागि ज्याकोब डफीले चार विकेट लिए भने स्कट कुग्गेलिनले तीन विकेट हात पारे ।

एक सय ५४ रनको लक्ष्य न्यूजिल्याण्डले १८ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि टिम शेफर्टले ५७ रनको योगदान दिए भने मार्क च्यापम्यानले ३४ रन जोडे । ग्लेन फिलिप्सले पनि २३ रन बनाए । बलिङतर्फ हरिस रउफले तीन तथा शाहिन अफ्रिदीले दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्