आर्थिक

तरकारी खेतीमा उदाहरणीय सामूहिक युवा प्रयास (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते १७:२१
तरकारी खेतीमा उदाहरणीय सामूहिक युवा प्रयास (भिडियोसहित)

३ पुस २०७७ बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का २४ जना युवाले कालिका गोवर्द्धन युवा कृषक समूह स्थापना गरेर सामूहिक रुपमा अर्गानिक तरकारी खेती शुरु गरेका छन् । युवाले बाँझो रहेको जमिन र छाडा पशु चौपायको उचित व्यवस्थापन गरेर व्यावसायिक रुपमा अर्गानिक तरकारी खेती शुरु गरेका हुन् ।

विभिन्न क्षेत्रमा संलग्न २४ जना युवाले १५ विगाहा जग्गा भडामा लिएर १ वर्षदेखि अर्गानिक तरकारी खेती गरेका छन् । स्थानीयस्तरमा रोजगारी सिर्जना हुने गरी बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउली बजारका यूवाले कालिका गोवर्द्धन युवा समूहमार्फत व्यावसायिक रुपमा अर्गानिक तरकारी खेती शुरु गरेका हुन् । स्थानीयस्तरमा बाँझो रहेको जमिनमा अर्गानिक तरकारी खेती गर्दै उपभोक्तामाझ विषादीरहित ताजा तरकारी उपलब्ध गराउने युवा कृषक समूहको उद्देश्य छ ।

गत वर्ष स्थापना भएको समूहले १५ बिगाह जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएको छ । युवा कृषक समूहले पहिलो वर्ष लौका, फर्सी, करेला, भिन्डी बजारमा पठाएको थियो भने यो वर्ष टमाटर र खुर्सानीलाई पहिलो प्राथमिकता दिएर खेती गरेको छ । अर्गानिक तरकारीको श्रोत केन्द्रको रुपमा विकास गर्ने सोचका साथ कृषि समूहले अहिलेसम्म पूर्वाधार विकास, बिउ मल, उपकरण खरिदमा गरेर करिब १२ लाख रुपैयाँ लगानी गरिसकेको छ ।

समूहमा आवद्ध युवा आफैंले खनजोत, गोडमेल, तरकारीको स्याहार सुसार र उत्पादित तरकारी बजारसम्म पुर्‍याउने गरेका छन् । सामूहिक रुपमा थालिएको कामले समूहमा बसेर कृषि कर्म गर्नुपर्दछ भन्ने भावना विकास हुँदै गएको छ भने उत्पादन लागतमा पनि कमी आएको छ ।

यो समूहले परम्परागत तरकारी खेतीको अनुभव र अरुले आधुनिक तरकारी खेती गरेको देखेकै आधार तथा युट्युबमा हेरेकै भरमा तरकारी खेती गर्दै आएको छ । प्राविधिक ज्ञानको अभावमा फल दिन तयारी अवस्थामा रहेका टमाटर खुर्सानी प्रतिकुल मौसमका कारण कुहिने, रोग लाग्ने सम्भावना भएकाले अर्गानिक तरकारी खेतीमा जोखिम धेरै छ ।

आफ्नै लगानीमा अर्गानिक तरकारी व्यावसाय शुरु गरेका युवाले भविष्यमा उत्पादित तरकारी तथा मसलाजन्य उत्पादनलाई प्रशोधन गरी बजारसम्म पुर्‍याउने योजना बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *