आर्थिक

जाडोको परवाह नगरी मुवा झरना हेर्ने आन्तरिक पर्यटकको घुइँचो (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २ गते १९:३५
जाडोको परवाह नगरी मुवा झरना हेर्ने आन्तरिक पर्यटकको घुइँचो (भिडियोसहित)

२ पुस २०७७ पाँचथर । चिसो समय भए पनि पाँचथरको फालेलुङ गाउँपालिकामा रहेको मुवा झरनामा घुम्न जाने बढिरहेका छन् । अग्लो पहराबाट झरेको झरना हेर्नका लागि पाँचथरबाट मात्र हैन, अरु जिल्लाबाट पनि पर्यटक आउने गरेका छन् । अरु झरना हिउँद लागेपछि सुक्दै जान्छन् तर मुवा झरना नसुक्ने भएकाले १२ महिनानै चहलपहल हुन्छ ।

पाँचथरको फालेलुङ गाउँपालिकामा रहेको यो मुवा झरना हेर्न आउनेले यहाँ चहलपहल बढेको छ । फालेलुङ गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानमा रहेको यो झरना नजिकसम्म सडक पुगेको छ । यातायतको सुविधा भएकाले यो ठाउँ घुम्न आउनेका लागि पहिलो रोजाइमा पर्न थालेको छ । शनिबार तथा विदाका दिनमा यहाँ भिडभाड हुने गर्छ ।

यो वर्षदेखि झरना बढी चर्चामा आएको हो । झरना बग्ने ठाउँमा झोलुङ्गे पुल बनाइएकाले झन सुन्दर देखिएको छ । खोला छेउमै होटल खुलेको छ । झोलुङ्गेपुलका साथै सडक, पदमार्ग, खानेपानी, बस्ने ठाउँलगायतको निर्माण भएको छ । दिप ज्योती युवा क्लब, फालेलुङ गाउँपालिका तथा दुई वटा वडा मिलेर यो ठाउँको प्रचार तथा पूर्वाधारको विकास गर्न थालिएको छ ।

झरना आसपासमा अनेकन घुम्ने ठाउँ भएकाले पनि यो ठाउँ घुम्ने सूचिमा परेको देखिन्छ । पाँचथर सदरमुकाम फिदिमदेखि करिव ३५ किलोमिटर सडकयात्रा पछि मुवा झरना पुगिन्छ । कात्रोपत्रेको काम भइरहेको फिदिम–फालोट सडकको काम सकिएपछि थप पर्यटक पुग्ने अपेक्षा छ ।

यो ठाउँमा आन्तरिकक पर्यटकको बढोत्तरी भइरहँदा थप पूर्वाधारको विकास पनि आवश्यक देखिएको छ ।

आन्तरीक पर्यटकले भरिन थालेको मुवा क्षेत्रमा विदेशी पर्यटक पनि ल्याउन सकिने सम्भावना छ । नजिक रहेका चर्चित गन्तव्य सन्दकपुर, फालोटमा आउने विदेशी पर्यटकलाई मुवा झरनासम्म ल्याउन पहल गर्नु पर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *