खेलकूद
स्पेनिस ला लिगाः बार्सिलोनासँग सोसिडाड पराजित
२०७७ पुष २ गते ७:४७

२ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना विजयी भएको छ।
ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडमाथि २–१ गोलको जित निकालेको हो ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा रियलले २७ औं मिनेटमा डी सिल्वाको गोलसँगै अग्रता बनाएको थियो । तर लगत्तै ३१औं मिनेटमै बार्सिलोनाका जोर्डी अल्वाले गोल गर्दै खेल ११ को बराबरी गरे ।
त्यसपछि ४३ औं मिनेटमा फ्रेन्की डि जोङले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । घरेलु मैदानमा लगातार दुई जितसँगै बार्सिलोना तालिकाको पाँचौ स्थानमा पुगेको छ ।
उता पराजित भएसँगै रियल दोस्रो स्थानमा खस्किंदा एट्लेटिको मड्रिड शीर्ष स्थानमा पुगेको छ ।
प्रतिक्रिया