खेलकूद

टोटेनह्यामलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लीग शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ पुष २ गते ७:४३
टोटेनह्यामलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लीग शीर्ष स्थानमा

२ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति टोटेनह्यामलाई २–१ गोलले हराउँदै साविक विजेता लिभरपुलले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले २६औं मिनेटमा मोहमेद सलाहको गोलबाट अग्रता लिएको थियो ।

टोटेनह्यामका लागि ३३औं मिनेटमा सन ह्यूङ् मिनले गोल गर्दै खेल १–१ को बराबरी गरे । त्यसपछि लिभरपुलका लागि ९०औं मिनेटमा रोबर्टो फिरमिन्होले विजयी गोल गरेका थिए । शीर्ष स्थानको लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ ।

उता हारसँगै टोटेनह्याम दोस्रो स्थानमा झरेको छ । यस्तै प्रिमियर लीगका अन्य खेलमा एभर्टनले लेष्टर सिटीलाई २–० तथा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ५–२ ले हराए ।

त्यस्तै वेष्टह्याम युनाइटेड र क्रिष्टल प्यालेस अनि आर्सनल र साउथह्याम्टनले समान ११ को बराबरी खेले । उता फूलह्याम र ब्राइटन गोलरहित बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्