१ पुस २०७७ काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका सत्तारुढ नेकपाका सांसदहरु पाँच घण्टापछि फर्किएका छन् ।
हिजो जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर शीतलनिवास पुगेका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएपछि फर्किएका हुन् ।
यसैसन्दर्भमा सहकर्मी वैकुण्ठ ढकालले नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावललाई तपाईंहरु दिउँसो १२ बजेर ४८ मिनेटदेखि साँझ ६ बजेसम्म किन राष्ट्रपति कार्यालयमा बस्नु भयो भनेर सोध्नुभएको छ–