खेलकूद
महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक
२०७७ पुष १ गते ८:५३

१ पुस २०७७ काठमाडौं । महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।
आगामी वर्ष न्यूजिल्याण्डमा हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको हो । सन् २ हजार २२ मा हुने प्रतियोगिताको उद्घाटन खेल मार्च चार तारिखमा हुने आईसीसीले जनाएको छ ।
पहिलो खेलमा न्यूजिल्याण्ड र क्वालीफायर टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने अप्रिल तीनमा क्राइस्टचर्चमा हुनेछ । महिला विश्वकपमा ८ टोलीको सहभागिता रहनेछ ।
विश्वकपका खेल न्यूजिल्याण्डका ६ शहरमा हुनेछन् । न्यूजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र भारत यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।
अब क्वालीफायरबाट तीन टोली आउन बाँकी छ । क्वालीफायरका खेल २६ जुन देखि १० जुलाईसम्म श्रीलंकामा हुनेछन् ।
प्रतिक्रिया