कोरोनाविरुद्धको खोप आउने बित्तिकै नेपाली नागरिकलाई लगाउन सरकार तयारः संयोजक उप्रेती (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । कोभिड–१९ खोप विज्ञ समूहले कोरोना भइरसको खोप उपलब्ध हुने बित्तिकै किनेर आफ्ना नागरिकलाई लगाउनका लागि हरेक हिसावले नेपाल सरकार तयारी अवस्थामा रहेको बताएको छ ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै समूहका संयोजक डा. श्यामराज उप्रेतीले सरकार खोपका विषयमा हरेक हिसावले तयारी अवस्थामा रहेको बताउनुभयो ।
अमेरिकालगायत देशमा प्रयोगमा आएको फाइजर भ्याक्सिन भने नेपालमा उपयुक्त नहुने सरकारको निश्कर्ष छ ।
नेपालले आफ्ना ७२ प्रतिशत नागरिकलाई खोप लगाउने तयारी गरेको छ । त्यसमध्ये २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने छ भने बाँकी ५२ प्रतिशत नागरिकका लागि किन्नु पर्नेछ ।
१५ वर्ष मुनिका बालबालिकामा विश्वमै खोप परीक्षण नभएकाले त्योभन्दा माथिकालाई मात्र लगाइनेछ । त्यसका लागि वर्ग निर्धारण गरिएको डा उप्रेतीले बताउनुभयो ।
निःशुल्क पाउनेबाहेक खोप किन्नका लागि ४२ अर्ब रुपैयाँ लाग्ने सरकारको अनुमान छ । खोप निःशुल्क लगाइनेछ । तर नेपालमा खोप कहिलेसम्म आइपुग्न भन्ने अझै एकिन हुन सकेको छैन ।
प्रतिक्रिया