खेलकूद

टिम राप्ती गौतमबुद्ध कप क्रिकेटको फाइनल प्रवेश

हिमालय टिभी
२०७७ मंसिर २९ गते १७:२९
टिम राप्ती गौतमबुद्ध कप क्रिकेटको फाइनल प्रवेश

२९, मंसिर, २०७७ चितवन । विनोद भण्डारीको कप्तानीमा रहेको राप्ती टिम अपराजित रहँदै गौतम बुद्ध कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राप्तीले नारायणीलाई १ विकेटले हरायो । १ सय ३९ रनको लक्ष्य राप्तीले खेल सकिन एक बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो ।

पहिलो बलमै ओपनर अमित श्रेष्ठलाई गुमाएको राप्तीका लागि कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जित नजिक लगेका थिए । ४१ बलको सामना गरेको कुशलले ४ चौका र ६ छक्का प्रहार गरे ।

त्यसपछिका ब्याट्म्यान सस्तैमा आउट हुँदा पछिल्लो क्रममा ब्याटिङ गर्न आएका कमल सिंह ऐरीले नटआउट २४ रन बनाए । तिस्पर्धात्मक खेलमा नारायणीका करण केसीले ३ तथा किशोर महतो र सुशन भारीले २–२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले पुरै ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । खराब सुरुवात गरेको नारायणीका लागि कप्तान करण केसी र किशोर महतोले उत्कृष्ट ब्याटिङ गर्दै मध्यम लक्ष्यसम्म पुर्‍याएका थिए ।

नारायणीलाई सस्तैमा रोक्ने क्रममा राप्तीका स्पिनर सूर्य तामाङ र अभिनास बोहराले समान २(२ विकेट लिए । आज खेलेकै दुई टोली नारायणी र राप्तीबीच भोली फाइनल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्