आर्थिक

सेञ्चुरी बैंकले शेयरधनीलाई साढे ७ प्रतिशत बोनश दिने

हिमालय टिभी
२०७७ मंसिर २९ गते १६:२९
सेञ्चुरी बैंकले शेयरधनीलाई साढे ७ प्रतिशत बोनश दिने

२९ मंसिर, २०७७ काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई साढे ७ प्रतिशत बोनश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *