आर्थिक
कृषि विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
२०७७ मंसिर २९ गते १६:२५

२९ मंसिर, २०७७ काठमाडौं । सरकारको पनि स्वामित्व रहेको कृषि विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले साधारण शेयरधनीलाई १५ प्रतिशत प्रतिशत बोनश शेयर र करका लागि शुन्य दशमलव ७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैठकले बैंकमा नेपाल सरकारका तर्फबाट रहेको अग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो बैंकमा सरकारको साढे ५ अर्ब रुपैयाँको अग्राधिकार शेयर छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कृषि विकास बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया