फुलह्यामसँग बराबरी रोकिएपछि लिभरपुलको शीर्ष स्थानमा उक्लने अवसर गुम्यो

२९ मंसिर, २०७७ काठमाडौं । फुलह्यामसँग १–१ को बराबरीमा रोकिएसँगै लिभरपुलले इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ ।
गएराति भएको खेलमा लीगरपुल फुलह्यामसँग बराबरीमा रोकिएको हो । खेलको २३ औं मिनेटमा फुलह्यामका लागि डी कोर्डोभाले गोल गरे ।
लिभरपुलका लागि खेलको ७९ औं मिनेटमा पेनाल्टीमार्फत् सलाहले बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन ।
गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको टोटनह्याम क्रिष्टल प्यालेससँग बराबरीमा रोकिएको थियो । बराबरीसँगै टोटनह्याम र लिभरपुलको समान २५ अंक रहेको छ ।
तर गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा कायम रह्यो ।
यस्तै ब्राइटनलाई ३–० ले हराएको लेस्टस सिटी भने लीगको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टरका लागि मेडिसनले २७ र ४४ औं मिनेटमा गोल गरे भने भर्डीले ४१ औं मिनेटमा गोल गरे ।
प्रतिक्रिया