खेलकूद

स्पेनिस ला लिगामा लेभान्टेविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जित

हिमालय टिभी
२०७७ मंसिर २९ गते ८:००
स्पेनिस ला लिगामा लेभान्टेविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जित

२९ मंसिर, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । बार्साका लागि खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले निर्णायक गोल गरे ।

बार्सिलोनाका लागि मार्टिन ब्रेथवेट, क्लेमेन्ट लेङ्गलेट, जोर्डी अल्बा र एन्टोनी ग्रिजम्यानले गोल गर्ने प्रयास गरेका थिए । तर लेभान्टेका गोलरक्षक अइतोर फेर्नान्डेजले उनीहरुका प्रहार गोलमा परिणत हुन दिएनन् ।

जितपछि ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना आठौँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८ औँ स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा ग्रानाडाले एल्चीलाई १–० ले पराजित गर्दा रियल सोसिडाड र एइबर तथा रियल बेटिस र भिल्लारियलले समान १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्