खेलकूद

स्पोर्टस अवार्डको यो संस्करण भर्चुअल माध्यमबाट हुने

हिमालय टिभी
२०७७ मंसिर २८ गते १५:१९
स्पोर्टस अवार्डको यो संस्करण भर्चुअल माध्यमबाट हुने

२८ मंसिर, २०७७ काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले वर्षेनि आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डको यो पटकको संस्करण भर्चुअलमाध्यमबाट हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले कोरोना भाइरसको महामारीका कारण यो पटकको संस्करण भर्चुअल माध्यमबाट आयोजना गर्ने जानकारी गराएको हो ।

यो पटकको अवार्ड कार्यक्रम पुसको २८ गते हुने मञ्चले जानकारी गराएको छ । अवार्ड कार्यक्रम सातदोबाटोस्थित कराते हलमा आयोजना हुनेछ ।

आज आयोजित कार्यक्रममा मुख्य प्रायोजक हंसराज हुलास चन्द एण्ड गोल्छाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र प्रायोजकका तर्फबाट निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता अनुसार यो संस्करण आयोजनाका लागि पल्सरले नगद र जिन्सी गरेर २८ लाख उपलब्ध गराउनेछ ।

नेपाल खेलकूद पत्रकार मञ्चले अघिल्लो वर्षजस्तै यो संस्करणमा पनि १० विधामा खेलकर्मीलाई अवार्ड प्रदान गर्नेछ । जसमा वर्षका उत्कृष्ट युवा खेलाडी, महिला र पुरुष वर्ष खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा एथलिट अवार्ड, स्पेसल अवार्ड, लाइफ टाइम एचिम्मेन्ट अवार्ड, टिम अफ द इयर, पिपुल्स च्वाइस अवार्ड र उत्कृष्ट एसियाली पत्रकार अवार्ड प्रदान गर्नेछ ।

स्पेसल अवार्ड र लाइफटाइम एचिभ्मेन्ट अवार्ड बाहेक अन्य विधाका विजेता वर्षभरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा घोषणा गरिनेछ । यस्तै पिपुल्स च्वाइस अवार्ड भने एसएमएस भोटिङका आधारमा प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्