आर्थिक

उद्योगी व्यवसायीले अर्थमन्त्रीसँग के भने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २७ गते २१:०२
उद्योगी व्यवसायीले अर्थमन्त्रीसँग के भने ? (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका कारण देशको अर्थतन्त्र खस्किएको छ । सरकारले कोरोना कहरका कारण समस्यामा परेका क्षेत्रलाई लक्षित गरेर प्याकेज ल्याएको भन्दै यसबाट अधिकतम फाइदा लिन सुझाव दिँदै आएको छ । तर उद्योगी व्यवसायीले भने सरकारसँग धेरै अपेक्षा राखेका छन् ।

कोरोना कहरका धेरै उद्योग र व्यवसाय बन्द भए । केही बन्द हुने अवस्थामा छन् वा क्षमता अनुसार सञ्चालन हुन सकेका छैनन् । त्यसैले बन्द उद्योग व्यवसायलाई पुनर्स्थापना गरी रोजगारी कायम राख्न,राजश्व बढाउन निजी क्षेत्रले सरकारसँग अझै पनि सहयोगको अपेक्षा गरिरहेका छन् ।

निजी क्षेत्रलाई प्रवर्द्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीति नियम ल्याउनुपर्ने उद्योगी व्यवसायीको माग छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्र सुधारका लागि सरकारले स्वेतपत्र जारी गर्नुपर्ने उनीहरुको सुझाव छ ।

कोरोना कहरका बिचमा पनि सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । र, त्यो लक्ष्य पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग सरकारलाई चाहिन्छ । त्यसैले नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई सहज होस् भनेर नै बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलताको व्यवस्था गरेको छ ।

कोरोना कहरबाट असर परेका व्यवसायीलाई सहयोग गर्न सरकारले पुनर्कजाको व्यवस्था गरेको छ । यसबाट फाइदा उठाउन सरकारको आग्रह छ । र सरकार निजी क्षेत्रसँगै हातेमालो गरेर अघि बढ्न तयार छ ।

सरकार र सरकारी अधिकारीले आर्थिक सूचक राम्रो दावी गर्दै आए पनि देशको आर्थिक स्थिति सोचेजस्तो छैन । त्यसैले कोरोनाले धरासायी बनेको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्रको हातमालो आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *