खेलकूद

२१औं एसियाली खेलकूद आयोजनाका लागि सहयोग गर्न नेपालसँग साउदीको आग्रह

हिमालय टिभी
२०७७ मंसिर २७ गते १८:०८
२१औं एसियाली खेलकूद आयोजनाका लागि सहयोग गर्न नेपालसँग साउदीको आग्रह

२७ मंसिर, २०७७ काठमाडौं । अबको दश वर्षपछि हुने २१ औं एसियाली खेलकूद आयोजनाको दाबेदारीका लागि साउदी अरबले पनि नेपालसँग सहयोग मागेको छ ।

अर्को दाबेदार कतारले सहयोग मागेको दुई हप्ताभित्रै साउदी अरेबियाले पनि सहयोग मागेको हो । नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरबेले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई भेटी सहयोग माग्नुभएको हो ।

सन् २०३० मा हुने एशियाली खेलकूद आयोजनाका लागि कतार र साउदी अरेबियाले दावी पेश गर्दै छन् । यसअघि कतारको ओलम्पिक कमिटीका पदाधिकारीले नेपाल आएर सहयोगको आग्रह गरेका थिए ।

साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रुपमा समान छ । त्यसैले नेपालले कसलाई सहयोग गर्ने भन्ने औपचारिक निर्णय गरेको छैन । कतार र साउदी दुवै पक्षसँग थप छलफल गरी निष्कर्षमा पुगिने नेपाल ओलम्पिक कमिटीको तयारी छ ।

डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने एसियन ओलम्पिक कमिटीको ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकूदको आयोजनास्थल चयनका लागि मतदान हुनेछ । नेपालसहित एशियाका ४५ देशले गरेको मतदानबाट आयोजकको टुंगो लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्