खेलकूद
वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लीगको पाँचौं स्थानमा
२०७७ मंसिर २७ गते ७:२५

२७ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा वेष्ट ह्याम युनाइटेड पाँचौ स्थानमा उक्लिएको छ ।
इंग्लिस प्रिमियर अन्तर्गत सम्पन्न पछिल्लो खेलमा लिड्स युनाइटेडमाथि २–१ गोलको जित निकाल्दै वेष्ट ह्याम पाँचौ स्थानमा पुगेको हो ।
घरेलु मैदानमा छैठौं मिनेटमै लिड्सले अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । माटिउइज क्लिचले लिड्सका लागि शुरुवाती गोल गरेका थिए ।
वेष्ट ह्यामको जितमा २५औं मिनेटमा टोमस साउसेक र ८० औं मिनेटमा एंगेलो ओग्बुन्नाले गोल गरेका थिए । जितपछि वेष्ट ह्यामले १२ खेलबाट २० अंक जोडेको छ ।
प्रतिक्रिया