आर्थिक

किसानको भेषमा धान बेचेर नाफा उठाउँदै व्यापारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २६ गते १४:११
किसानको भेषमा धान बेचेर नाफा उठाउँदै व्यापारी (भिडियोसहित)

२६ मंसिर, २०७७ पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित कार्यालयले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरिरहेको छ । मंसिर ११ गतेदेखि कम्पनीले सोना मन्सुली धान प्रति क्वीन्टल २ हजार ८ सय ८५ र जिरा मसिनो २ हजार ९ सय रुपैयाँमा खरिद गरिरहेको छ । तर कतिपय व्यापारीले किसानसँग सस्तोमा किनेको धान कम्पनीलाई महंगोमा बेचेर कमाइरहेका छन् ।

सरकारले तोकेको समर्थन मूल्यमा पर्सा र बाराका किसानको धान कम्पनीले खरिद गरिरहेको छ । एउटा किसानले ६० क्विन्टलसम्म धान कम्पनीलाई विक्री गर्न सक्छ । तर यसमा धान व्यापारी र बिचौलियाले चलखेल गरेको किसानको गुनासो छ । किसानसँग सस्तोमा धान खरिद गरेर कतिपय व्यापरीले किसानमार्फत नै महंगोमा व्यापार कम्पनीलाई विक्री गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित कार्यालयमा यतिबेला ट्याक्टर, अटो, सानो गाडीसहित किसानको भिडभाड छ । किसानले धमाधम धान विक्रीका लागि ल्याउन थालेका छन् । व्यापारीले दिने भन्दा महंगो दाममा कम्पनीलाई धान विक्री गर्न पाउँदा किसान खुशी छन् ।

यसअघि व्यापारीलाई सस्तोमा धान बेच्नुपर्ने किसानको बाध्यता थियो । सरकारी समर्थन मूल्यमै व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि किसानले ट्याक्टर, अटो वा साना गाडीमा हालेर धान वीरगञ्ज ल्याइरहेका छन् ।

सरकारले तोकेको समर्थन मूल्यमा पर्सा र बाराका किसानको धान कम्पनीले खरिद गरिरहेको छ । एउटा किसानले ६० क्विन्टलसम्म धान कम्पनीलाई विक्री गर्न सक्छ । तर यसमा धान व्यापारी र बिचौलियाले चलखेल गरेको किसानको गुनासो छ । किसानसँग सस्तोमा धान खरिद गरेर कतिपय व्यापरीले किसानमार्फत नै महंगोमा व्यापार कम्पनीलाई विक्री गरिरहेका छन् ।

कम्पनी भने किसान र व्यापारी छुट्याउने आधार नभएको बताउँछ । तैपनि कार्यालयले अनिवार्य नेपाली नागरिक हुनुपर्ने, गाउँपालिकाको सिफारिस लिने र आवश्यकता अनुसार लालपुर्जाको फोटोकपीसमेत लिएर धान खरिद गरिरहेको छ । वास्ताविक किसानको मात्रै धान खरिद गर्न सकियोस भनेर स्थानीय तहसँग सहकार्य गरिरहेको कम्पनीको प्रष्टिकरण छ ।

खाद्य कम्पनीले धान विक्री गर्न आएका ७ जना शंकास्पद व्यक्तिलाई फिर्ता पठाएको छ । सरकारले किसान नठगिउन् भनेर सिधै धान खरिद गर्न थाले पनि व्यापारी र बिचौलियाले चोरबाटो अपनाएका छन् । यसर्थ व्यापार कम्पनी र स्थानीय तह थप चनाखो भएर किसानले बास्तविक मूल्य पाउने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *