खेलकूद

टोटेनह्याम युरोपा लीग फूटबलको अन्तिम १६ मा

हिमालय टिभी
२०७७ मंसिर २६ गते ८:४१
टोटेनह्याम युरोपा लीग फूटबलको अन्तिम १६ मा

२६ मंसिर, २०७७ काठमाडौं । युरोपा लीग फूटबलमा टोटेनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह जे अन्तर्गत गएराति रोयल एन्टर्पमाथि २–० गोलको नतिजा निकाल्दै टोटेनह्यामले समूह विजेताको रुपमा स्थान पक्का पारेको हो ।

टोटेनह्यामको जितमा कार्लोस विनसियस र जिभानी लो सेल्सोले एकएक गोल गरे । यही समूहबाट समूह उपविजेताको रुपमा एन्टर्पले पनि नकआउट चरणमा स्थान बनाइसकेको छ ।

त्यस्तै समूह बी बाट शतप्रतिशत जित निकाल्दै आर्सनल पनि नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आर्सनलले आयरल्याण्डको डुनडल्कलाई ४–२ गोलले पराजित गरेको हो ।

आर्सनलले ६ खेलबाट १८ अंक जोड्यो । यसै समूहको अर्को खेलमा र्‍यापिड विनसँग २–२ गोलको बराबरी खेल्दै समूह उपविजेता बन्दै मोल्डे नकआउट चरणमा पुग्यो ।

त्यस्तै समूह डी मा यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको रेञ्जर्सले लिच पोज्ननमाथि २–० को जित निकाल्यो । यस समूहबाट रेञ्जर्स विजेता र बेन्फिका उपविजेता बने ।

त्यस्तै समूह जी मा लेष्टर सिटी र स्पोर्टिङ् ब्राजा विजयी भए । लेष्टर समूह विजेता र ब्राजा उपविजेताका रुपमा अन्तिम ३२ मा पुगिसकेका टोली हुन् । उता समूह एच मा समूह विजेताको रुपमा एसी मिलान नकआउट चरणमा पुग्यो ।

मिलानले समूह चरणको अन्तिम खेलमा स्पार्टा प्रेगलाई १–० ले हरायो । यही समूहमा उपविजेता बनेको लिली सेल्टिकसँग ३२ ले स्तब्ध भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्