खेलकूद
एन्फाले बढायो खेलाडीको तलब
२०७७ मंसिर २५ गते २०:४७

२५ मंसिर, २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले महिला र पुरुष खेलाडीको तलव बढाएको छ ।
एन्फाले महिला खेलाडीको मासिक तलब ११ हजार र पुरुष खेलाडीको ३ हजार रुपैयाँ बढाएको छ । अब पुरुष र महिला दुबै टिमका खेलाडीले मासिक १८ हजार पारिश्रमिक पाउनेछन् ।
यसअघि पुरुष खेलाडीले मासिक १५ हजार पाउँदै आएका थिए भने महिलाको पारिश्रमिक सात हजारमात्र थियो । कोरोना भाइरसका कारण आर्थिक रुपमा त्यति सबल नरहेको अवस्थामा एन्फाले तत्कालका लागि पुरुष र महिला खेलाडको तलव बढाउने निर्णय गरेको हो ।
एन्फाले आफ्नो खातामा रहेको ५ करोड रुपैयाँ फिक्स डिपोजिटमा राखेर त्यसबैबाट आएको ब्याजले खेलाडी र कर्मचारीको तलव दिँदै आएको छ ।
प्रतिक्रिया